आज शुक्रबारदेखि २ नेपाली फिल्म एकसाथ रिलिज भएका छन्। उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ सहित टंक बुढाथोकी निर्देशित फिल्म ‘मन बिनाको धन’ हलमा लागेका हुन्।
यी दुइ फिल्ममध्ये ‘जारी २’ उत्साहजनक शो पाएको छ। बहुप्रतिक्षित मानिएको यस फिल्मले देशभर २ सय बढी साे पाएको छ। त्यस्तै, ‘मन बिनाको धन’ को साे भने एक सय हाराहारीमा छ। अब माउथ पब्लिसिटीले फिल्मको व्यापार निर्धारण गर्नेछ।
यो चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो।
‘मन बिनाको धन’ भने बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म हो। यसमा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ।
60
Shares

प्रतिक्रिया