कान्तिपुर फिल्म एकेडेमीले नाटक ‘महारानीको जात्रा’ मञ्चन सुरू गर्ने भएको छ। ‘मिरा’ र ‘शिरीषको फूल’ पछि एकेडेमीले नयाँ नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्न लागेको हो।
यो नाटक कात्तिक २४ गतेदेखि मंसिर २० गतेसम्म गैह्रीधारास्थित कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा मञ्चन हुनेछ।
यसपटकको नाटकमा कान्तिपुर थिएटरले चलचित्र र रंगमञ्चकी अनुभवी अभिनेत्री उषा रजक र राज न्यौपानेलाई कास्ट गरेको छ। नव–अभिनेत्रीहरू सुहाना आचार्य र निकीता आचार्य देखिनेछन्।
दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायतको पनि अभिनय रहनेछ। यस नाटकमा अन्य कलाकारहरूमा सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।
रोशन पुरीको निर्माणमा बन्ने नाटकमा रंगकर्मी तथा प्रशिक्षक दिपल बरालको परिकल्पना तथा निर्देशन रहेको छ।
Shares

प्रतिक्रिया