चलचित्र विकास बोर्डले स्वदेशी फिल्मलाई ‘डिजिटाइजेसन’ गर्नको लागि आवेदन आह्वान गरेको छ।
बोर्डले सूचना प्रकाशित गर्दै एनालग प्रविधिमा निर्माण भएका स्वदेशी फिल्मलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवद्धन गर्ने उद्देश्यले यो कार्य सञ्चालन गर्ने जनाएको छ।
यसमा सहभागी हुन इच्छुक फिल्म निर्माता वा अधिकार प्राप्त व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोर्डले तोकेको ढाँचामा आवेदन पेश गर्नुपर्ने छ। डिजिटाइजेसन प्रक्रियामा सहभागिताका शर्त, आवेदन फाराम तथा आवश्यक विवरण बोर्डको वेबसाइटबाट लिन सकिने जनाइएको छ।
बोर्ड अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र मुलुकको सांस्कृतिक र ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै डिजिटाइजेसन अत्यावश्यक भएको सुनाए।
बोर्डले कार्यक्रममार्फत पुराना स्वदेशी चलचित्रको दीर्घकालीन संरक्षण, अध्ययन-अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली चलचित्रको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
Shares

प्रतिक्रिया