कला


प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्लो’ को ओपनिङ कमजोर

प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्लो’ को ओपनिङ कमजोर

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १४:१७, काठमाडौँ

बिहीबारदेखि प्रदर्शन भएको फिल्म साइन्स फिक्सन फिल्म ‘एक्लो’ को ओपनिङ कमजोर देखिएको छ। पहिलो दिन १२४ शो पाएको यस फिल्मको शोअनुसार दर्शक तान्न सकेन।

प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्मबाट धेरै आशा गरिएको थियो। तर, फिल्मले अपेक्षाअनुसार भने व्यापार गर्न सकेन। जसकारण आजबाट फिल्मको शोजमा कटौती देखिएको छ। प्राप्त शोमा पनि खासै बुकिङ राम्रो देखिँदैन। आइतबार शोको संख्या ८१ मात्रै छ।  

योसँगै अभिनेता प्रदीप खड्कालाई ठूलो झड्का लागेको छ। किनकी यसअघि प्रदीप अभिनीत फिल्महरु एक्टर टेक वान र पीताम्बर बक्स अफिसमा असफल भएका थिए।

यद्यपी  चलचित्र विकास बोर्डले फिल्मको कमाइबारे बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन। अब फिल्मको बाँकी व्यापार भने वर्ड अफ माउथ पब्लिसिटीले निर्धारण गर्नेछ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘एक्लो-१’ ले डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर गरिसकेको छ।

यस फिल्ममा प्रदीपसहित विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगायतको अभिनय छ। साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्त्वपूर्ण भूमिका  छ। एनआरएन समूहको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad