कला


‘शिवांश’को टिजर सार्वजनिक

‘शिवांश’को टिजर सार्वजनिक

नेपालखबर
पुस २४, २०८२ बिहिबार १६:१७, काठमाडौँ

फिल्म ‘शिवांश’को टिजर सार्वजनिक भएको छ। बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो।

‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजर छोटो र मिठो छ। टिजरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा छन्। उनी सन्तको भूमिकामा देखिएका छन्।

ओजपूर्ण आवाज, कलर, दृश्य र संवादसहितको टिजरले कौतुहतता सिर्जना गरेको छ। टिजरमा फिल्मको कथा सस्पेन्स नै छ।

यो फिल्म फागुन ३ गते रिलिज हुनेछ। महाशिवरात्रिको अवसर पारेर प्रदर्शन गर्न लागिएको हो। 

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेय गरेका हुन्। उनको डेब्यू निर्देशन हो। 

अञ्जान केसीले निर्माण गरेको फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। त्यस्तै, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहेको छ। 

अञ्जान केसीको कथामा बनेको फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको छ।

विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रहेको फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ। राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहेको छ। 

द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहेको छ भने कोरियोग्राफर विक्रम चोहान छन्। मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको फिल्ममा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad