भारतीय अभिनेत्री सोनाक्षी सिन्हाले ट्विटरबाट बिदा लिएकी छन्। अर्थात् उनले आफ्नो ट्विटर अकाउन्ट ‘डिएक्टेभि’ गरेकी हुन्।
नकारात्मक कुराबाट बचेर मानसिक रूपमा स्वस्थ रहन भन्दै अभिनेत्री सोनाक्षीले ट्विटबाट आफूलाई टाढा बनाएकी हुन्। उनले यो कुरा आफ्नो इन्स्टाग्राममार्फत जानकारी दिएकी छन्।
उनले इन्स्टाग्राममा आफ्नो ट्विटको स्क्रिनसट पोस्ट गरेकी छन्। जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्य बचाउन र नकारात्मकताबाट पर रहन पहिलो कदम चालेकी छु। म मेरो ट्विटर अकाउन्ट डिएक्टिभेट गर्दै छु।’
View this post on InstagramAag lage basti mein... mein apni masti mein! Bye Twitter ??
A post shared by Sonakshi Sinha (@aslisona) on
सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन्। लेखेकी छन्, ‘आगो लाग्यो बस्तीमा, म आफ्नो मस्तीमा। अलबिदा ट्विटर।’
यसअघि यही हप्ता फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्विटर अकाउन्ट बन्द गराएका थिए। उनले भनेका थिए- यसले घृणा र नकारात्मकता फैलाउन यसले जगकाे काम गर्छ।

प्रतिक्रिया