ad ad

कला


दीपक–दीपाको टिमबाट आउट भएका जितु छक्का पन्जा निर्माता टिममा

दीपक–दीपाको टिमबाट आउट भएका जितु छक्का पन्जा निर्माता टिममा

नेपालखबर
असार १४, २०७९ मंगलबार ६:५०, काठमाडौँ

लामो समय सँगै काम गरेका हाँस्य कलाकार जितु नेपाल र दीपकराज गिरी तथा दीपाश्री निरौला अहिले एकै टिममा छैनन्।

बेलाबेला यी कलाकारले आफ्नो सम्बन्ध राम्रो रहेको प्रमाण पेश गर्न खोजे पनि एक–अर्कासँग सहकार्य भने गरिरहेका छैनन्। 

दीपकको टिम अहिले २ वटा फिल्म बनाउने तयारीमा छ।

तर यी दुबै फिल्ममा जितु नेपाल अटाउने सम्भावना कमै छ। जितुले पनि यही बिचमा नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।

छक्का पन्जा सिरिजबाटै आउट भएका जितुले छक्का पन्जा निर्मातासँग सहकार्य गर्ने भएका छन्।

निर्मताद्धय सुमन गिरी र निशान बजगाईँ दीपक–दीपाको टिमबाट आउट भएका निर्माता हुन्।

यी दुई निर्माताले अब जितुसँग सहकार्य गर्ने भएका छन्। फिल्मको निर्देशन दिनेश डिसीले गर्ने भएका छन्। फिल्मका अन्य कलाकार भने सार्वजनिक गरिएको छैन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .