१३ वर्षपछि हङकङका मौसमको चलचित्रमा कमब्याक, ‘घरजम’ लिएर आए (भिडियो)

१३ वर्षपछि हङकङका मौसमको चलचित्रमा कमब्याक, ‘घरजम’ लिएर आए (भिडियो)

मगेन्द्र राई
साउन २८, २०७६ मंगलबार १२:२८,

‘चेसुङ’ चलचित्रबाट चर्चामा आएएका हङकङ निवासी मौसम लिम्बू उर्फ ‘फुलन्देको बाउ’ १३ वर्षपछि ‘घरजम’ चलचित्रमार्फत कमब्याक गर्दैछन्।

चलचित्र युनिटले सोमबार साझ जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनको अन्तिम तयारीमा लागिरहेको जानकारी गरायो। सो पत्रकार सम्मेलनमा चलचित्रको टिजर समेत देखाइएको थियो।

पत्रकार सम्मेलनमा मौसमले निर्माण सक्दा ठूलै युद्ध जितेमने महसुस भइरहेको बताए। ‘ठूलो युद्द जितेको अनुभव भैरहेछ’, मौसमले भने, ‘चलचित्र बनाउनु एक ग्याम्बिल्ङ पनि हो, हामीले यो अर्थमा जितेका छौ कि यो चलचित्रको अवधारणा, निर्माण र प्रदर्शन समेत सबै हङकङबाटै भएको हो।’

चलचित्र विज्ञान नभएर कला भएको बताउँदै मौसमले गाउँघरको विशुद्ध सामाजिक कथालाई चलचित्र उतारेको बताएका छन्। सृष्टिलाई सुचारु रुपले चलाउन घरजम गर्न जरुरी छ, फेरि घरजम गर्दा मन मिल्नु पनि उत्तिकै जरुरी हुन्छ, नत्र वैवाहिक जीवन दुर्घटनामा पर्न सक्छ, हुर्किएकी छोरीको छनौट र बाबूको ज्वाइँ छनौटलाई नै मुख्य कथावस्तु बनाईएको छ। मौसमले भने ‘कथा, पात्र, अभिनय र प्राविधिक क्षेत्र सबैमा उत्कृष्ट दिने जमर्को गरेका छौ।’ उनले चलचित्र पूर्ण प्याकेजमा आउने दाबी गरे।

रोमियो फिल्म्सको ब्यानर करिब १ करोड रुपैयाँको हाराहारीमा सो चलचित्र निर्माण ष्गरिएको हो। चलचित्रको छायाँकन नेपालका पूर्वी पहाडको पाँचथर लगायतका रमणीय स्थानमा करिब १ वर्ष मेहनत गरेर गरिएको छ।

फिल्ममा उपेन्द्र सुब्बाको कथा लेखन र युवराज राईको छायांकन रहेको छ।किशोर पन्धाक र सीता तुम्बापो निर्माता रहेको चलचित्र घरजममा बुद्धि तामाङ, कुशल थलङ, हेमराज आङछोम्बो, सुस्मा लिम्बु, शृजना सुब्बा, यासिली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बु, लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

चलचित्रको ग्रान्ड प्रिमियर आगामी १५ सेप्टेम्बर आइतबारका दिन हुङ्होम वाम्पोवा स्थित गोल्डेन हार्भेस्ट सिनेमा थिएटरमा साझ ७ः३० बजे गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

हेराैँ  टिजर

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .