ad ad

रोचक


२४ वर्षअघि अपहरणमा परेको छोरा भेटिएपछि...

२४ वर्षअघि अपहरणमा परेको छोरा भेटिएपछि...

हराएकाे छाेरा भेटेपछि भावुक बने परिवार


नेपालखबर
असार २९, २०७८ मंगलबार १८:२५,

एक चिनियाँ परिवारले २४ वर्षअघि अपहरणमा परेको छोरा भेटेका छन्।

बीबीसीका अनुसार दुईवर्षको उमेरमा गुओ गाङ्टाको छोरा अपहरणमा परेका थिए। उनले छोराको खोजीमा मोटरसाइकलमा पाँच लाख किलोमिटरभन्दा लामो यात्रा गरेका थिए।

शान्डोङ प्रान्तमा रहेको घर अगाडिबाटै मानव तस्करहरूले अपहरण गरेको छोरा २४ वर्षपछि भेटेपछि उनी भावुक बने। ५१ वर्षका बाबुको शनिवार मात्र हराएको छोरासँग पुनर्मिलन भएको बताइएको छ।

सन् २०१५ मा हङकङका सुपरस्टार एन्डी लाउ अभिनित एक चलचित्र उनीहरूकै कथाबाट प्रेरित थियो। चीनमा बालबालिका अपहरण ठूलो समस्याका रूपमा रहेको र त्यहाँ बर्सेनि हजारौँ बालबालिका अपहरणमा पर्छन्।

चीनको जनसुरक्षा मन्त्रालयका अनुसार डीएनए परीक्षणका आधारमा प्रहरीले उनको छोरा पत्ता लगाएको हो। ग्लोबल टाइम्स पत्रिकाका अनुसार २४ वर्षअघि अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

थप विवरण नखुलाइए पनि स्थानीय पत्रिकाहरूले गुओका छोरा छिमेकको हेनान प्रान्तमा भेटिएका र उनीहरूको सप्ताहान्तमा भेट भएको विवरणहरू दिएका छन्।

The film Lost and Love was based on Guo’s amazing true story. Photo: Artwork

गुओले पत्रकारलाई भावुक हुँदै अब खुशीको दिन सुरु भएको बताएका थिए। सन् १९९७ मा छोराको अपहरण भएपछि गुओले छोरा खोज्दै मोटरसाइकलमा चीनका २० भन्दा बढी प्रान्त भ्रमण गरेका थिए।

त्यस क्रममा भएका दुर्घटनाहरूमा उनको हड्डी भाँच्चिएको, सडकमा लुटेराहरूले लुटेको र १० वटा मोटरसाइकल बिग्रिएको बताइएको छ।

छोराको तस्बिर भएको ब्यानर बोकेर उनले आफ्नो जीवनभरको कमाइ छोराको खोजीमा खर्च गरेका थिए। छोरा खोज्ने यात्राका क्रममा उनले पुलमुनि सुतेर एवम् कतिपय अवस्थामा मागेर खर्च जुटाएका थिए।

छोराको खोजी गरिरहँदा उनी चीनमा हराएका व्यक्तिका परिवारका सङ्घहरूको प्रमुख सदस्य बनेका थिए र कम्तीमा सात बाबुआमालाई तिनका हराएको छोराछोरी भेट्न सहयोग गरेका थिए।

उनको छोरा भेटिएको समाचार आउने बित्तिकै चिनियाँ सामाजिक सञ्जालहरूमा उनको समर्थनमा थुप्रै भावपूर्ण सन्देशहरू प्रकाशित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .