ad ad

रोचक


सयौं बाँदरको ग्याङ फाइटले थाइल्यान्डमा भयो सडक जाम (भिडिओ)

सयौं बाँदरको ग्याङ फाइटले थाइल्यान्डमा भयो सडक जाम (भिडिओ)

(फाइल तस्बिर)


नेपालखबर
साउन १४, २०७८ बिहिबार १३:४९,

हामीले चलचित्रमा अथवा वास्तविक जीवनमै पनि मानिसको एक समूह र अर्को समूहबीच सामूहिक झडप ‘ग्याङ फाइट’ भएको देखेका छौं।

तर थाइल्यान्डमा भने सयौं बाँदरबीच ग्याङ फाइट भएको छ। बाँदरको एक समूह र अर्को समूहबीच बिच सडमै झगडा परेको देखिएको हो।

बाँदरहरु एकअर्काविरुद्ध झडपमा उत्रिएपछि सडक नै केहीबेर अवरोध भएको इन्डियन एक्सप्रेसले जनाएको छ।

यो घटनाको भिडिओसमेत सार्वजनिक भएको छ जहाँ बाँदरहरु दुई समूहमा देखिएका छन्। उनीहरु एकअर्काविरुद्ध उत्रिएको प्रस्ट देख्न सकिन्छ।

यो घटनाको भिडिओ सार्वजनिक भएसँगै भाइरल बनेको छ। इन्टरनेट प्रयोगकर्ताले रमाइला प्रतिक्रियाहरु दिइरहेका छन्।

हेर्दा सबै एकै देखिए पनि उनीहरुले आफ्नो समूहका बाँदर कसरी पहिचान गर्छन् भनेर मानिसहरुले प्रश्न गरिरहेका छन्।

 (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .