चिनियाँ खेलाडी याङ कियानले जापानमा जारी टोक्यो ओलम्पिकमा सुटिङ विधामा दुईवटा स्वर्ण पदक हात पारेकी छिन्।
२१ वर्षकी उनले हरेक प्रतिस्पर्धामा हाँसको चिन्ह भएको कपाल मिलाउने पँहेलो रङको हेयर क्लिप लगाएकी थिइन्।
दुईवटा स्वर्ण पदक जितेपछि नै चीनमा चर्चित बनेकी उनको सिको गर्न पनि थालियो। उनले कपालमा लगाउने त्यहीँ हाँसको चिन्ह भएको हेयर क्लिपको व्यापार पनि उल्लेख्य रुपमा यतिबेला बढेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
याङले हाँसको चिन्ह भएको पँहेलो हेयर क्लिप आफ्नो लागि शुभ संकेत रहेको बतएपछि यतिबेला सो हेयर क्लिपको व्यापार बढेको हो।
सीसीटीभीसँग अनलाइन व्यापारी हु जङगाङले व्यापार वृद्धिको विषयमा भनेका छन्,‘याङले स्वर्ण पदक जितेको एक घण्टा हुन नपाउँदै १० हजार हेयर क्लिप विक्री भयो।’
यस्तै अर्की व्यापारी माओ सुसिया भन्छिन्,‘मैले दैनिक त्यस्ता सयवटा हेयर क्लिब बेच्थे। अहिले मैले दैनिक १० हजार त्यस्तो क्लिप बेच्ने गरेको छु।’
सेलिब्रिटीहरुलाई सामान्य मानिसले आदर्श पात्र मान्ने हुनाले सेलिब्रिटिको सिको गर्ने होडकै कारण सो हेयर क्लिपको व्यापार बढेको बताइएको छ।
Shares
प्रतिक्रिया