ad ad

रोचक


मान्छेको जस्तै दाँत भएको माछा!

मान्छेको जस्तै दाँत भएको माछा!

नेपालखबर
साउन २६, २०७८ मंगलबार १५:४१, काठमाडौँ

संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको छ।

बीबीसीका अनुसार नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसमाझ चर्चित जेनेट्स पीएरले आफ्नो फेसबुकमा गत साता मान्छेको जस्तो दाँत भएको माछा सार्वजनिक गरेका हुन्। 

मुखमा बंगरासहित दाँतका लहर भएको त्यो माछा सिप्सहेड जातको भएको बताइएको छ। 

झट्ट हेर्दा त्यस माछाको मुख भेडाको मुखजस्तै देखिन्छ। यसैकारण यसको नाम सिप्सहेड राखिएको अनुमान गरिएको छ। 

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिनले त्यस्तो माछा समातेका हुन्। त्यो माछा निकै स्वादिलो हुने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .