ad ad

रोचक


पानी नपरेपछि ६ बालिकाहरुलाई निर्वस्त्र पारेर सडकमा हिँडाइयो

पानी नपरेपछि ६ बालिकाहरुलाई निर्वस्त्र पारेर सडकमा हिँडाइयो

प्रतीकात्मक तस्विर


नेपालखबर
भदौ २२, २०७८ मंगलबार १३:१४, काठमाडौँ

भारतको मध्य प्रदेशमा ६ जना बालिकालाई निर्वस्त्र पारेर सडकमा परेड गराइएको छ। लामो समयसम्म पानी नपरेपछि वर्षाका देवतालाई खुसी पार्न भन्दै स्थानीयले बालिकालाई निर्वस्त्र परेड गराएका हुन्।  

खडेरीबाट अति प्रभावित बुन्देलखाँड जिल्लाको एउटा गाँउमा पछिल्लो घटना सार्वजनिक भएको हो। सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा निर्वस्त्र बालिकाहरुले काँधमा बोकेको एउटा पाइपमा भ्यागुतो बाँधिएको देखिन्छ। 

यस परम्पराले बर्षाका देवता खुसी भएर पानी पर्ने स्थानीयको विश्वास छ। 

बालिकाको पछाडि महिलाहरुको एउटा समूहले गीत गाएर हिँडेको भिडियोमा देखिन्छ। लस्करै हिँडेका बालिकाले गाँउका प्रत्येक घरमा पुगेर खाद्यान्न समेत बटुलेका थिए। 

उक्त खाद्यान्न एउटा स्थानीय मन्दिरलाई प्रदान गरिएको थियो। ‘यति गरेपछि अब पानी पर्छ,’ लाइनमा उभिएकी एक महिलाको भनाइ उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। 

भारतको बालअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय आयोगले यो घटनाप्रति चासो देखाएको छ । 

घटनाबारे कुनै औपचारिक उजुरी नपरेको मध्य प्रदेश प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले किशोरीलाई  निर्वस्त्र हिँड्न बाध्य पारेको पुष्टि भए दोषीमाथि कारबाही गरिने एक प्रहरी अधिकारीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .