अमेरिकाको आरेगेनमा जुम्ल्याहा दिदीबहिनीले जुम्ल्याहा नै जीवनसाथी पाएका छन्।
वेनेसा र केरिसा नामका जुम्ल्याहा दिदीबहिनीले लुकास र जैकब नामका जुम्ल्याहा नै दाजुभाइसँग विवाह गरेका हुन्।
यति मात्र हाेइन, कामसमेत चारै जनाकाे एकै क्षेत्रमा छ। अर्थात् विवाहपछि चारै जना खेल क्षेत्रमा काम गरिरहेका छन्।
दिदीबहिनी निजी प्रशिक्षकका रूपमा र दाजुभाइ स्पोर्टस् मेडिसिनकाे क्षेत्रमा काम गरिरहेका हुन्।
अहिले उनीहरू मेडफोर्डमा वैवाहिक जीवन बिताइरहेका छन्।
वेनेसाले आफूहरू चार जना सँगै देख्दा मान्छेहरूले अचम्म मानेर हेर्ने गरेको बताएकी छन्।
उनले भनेकी छन्, ‘हामीलाई केही सोध्दैनन् तर घुरेर हेर्छन्।’ एजेन्सी
141
Shares
प्रतिक्रिया