ad ad

रोचक


‘हराएका’ व्यक्ति आफैँलाई खोज्न हिँडेको समूहमा सामेल भएपछि...

‘हराएका’ व्यक्ति आफैँलाई खोज्न हिँडेको समूहमा सामेल भएपछि...

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १५:५, काठमाडौँ

टर्कीमा हराएका एक व्यक्ति आफैँलाई खोज्न निस्केको खोजी दलमा सामेल भएको पाइएको छ। 

अन्ततः उनले सो खोजी दल आफैँलाई खोज्न आएको थाहा पाएका थिए। 

मंगलबार टर्कीको बुर्सा प्रान्तका बेहान मुत्लु साथीहरुसँग बसेर पिइरहेका थिए। त्यसपछि उनी जंगलतिर घुम्न गए। 

घर नआएपछि उनकी पत्नी र साथीहरुले स्थानीय अधिकारीहरुलाई खबर गरे। उनको खोजीमा एउटा समूह पठाइयो।

त्यहीबेला घुमिरहेका ५० वर्षीय मुत्लु पनि सोही खोजी दलमा मिसिए र खोज्न थाले। 

तर, खोजी दलका सदस्यहरुले उनको नाम बोलाउन थालेपछि भने उनले यथार्थ चाल पाए र जवाफ दिए, ‘म यहीँ छु।’

स्पष्टीकरण सोध्दा उनले जवाफ दिए, ‘मलाई धेरै कडा सजाय नदिनुहोला, नत्र बुबाले मलाई मार्नुहुन्छ।’

त्यसपछि प्रहरीले उनलाई घर पुर्याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई जरिवाना गरियो कि गरिएन, स्पष्ट छैन। बीबीसी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .