ad ad

रोचक


जब हवाईजहाज पुलमुनि अड्कियो...(भिडिओ)

जब हवाईजहाज पुलमुनि अड्कियो...(भिडिओ)

नेपालखबर
असोज २०, २०७८ बुधबार ४:५७, काठमाडौँ

तपाईंले हवाई जहाज आकाशमा उडेको रनवेमा गुडेको देख्नुभएको होला। तर कहिले कुनै विमान कुनै पुलमुनि फसेको सायदै देख्नुभएको होला। 

सामाजिक सञ्जालमा एउटा यस्तै भिडिओ भाइरल भएको छ, जसमा एयर इन्डियाको एक विमान ओभरब्रिजमुनि अड्केको देखिन्छ। यो विमान बिग्रिएको थियो।

जानकारीअनुसार उक्त जहाज बेचिएको थियो। जब यसलाई लगिँदै थियो, तब ओभरब्रिजको मुनि अड्कियो। 

जुन भिडिओ भाइरल भइरहेको छ, त्यसमा स्पष्टसँग विमानमुनि गाडी गुडिरहेको देखिन्छ। त्यस हवाईजहाजका पंखा छैनन्। 

भिडिओ ट्विट गर्ने पत्रकारले एयर इन्डियाको वक्तव्य सार्वजनिक गर्दै अब उक्त विमानसँग एयर इन्डियाको कुनै सम्बन्ध नरहेको बताएका छन्। 

वक्तव्यमा भनिएको छ– उक्त एयर इन्डियाको बिग्रिएको विमान बेचिएको थियो। खरिदकर्ताले उक्त विमान हिजाे राति लिएर जाँदै थिए। अब उक्त विमान र यससँग जोडिएको कुनै पनि परिस्थितिसँग एयर इन्डिया जिम्मेवार छैन। 

उक्त भिडिओ ट्विटर र युट्युबमा हजारौंपटक हेरिएको छ। धेरैले कमेन्ट गरेर सोधिरहेका छन्– आखिर यो विमान पुलमा कसरी अड्कियो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .