ad ad

रोचक


जसले ३८ करोडको इन्स्योरेन्स पाउन रेलअघि बसेर कटाए आफ्नै खुट्टा

जसले ३८ करोडको इन्स्योरेन्स पाउन रेलअघि बसेर कटाए आफ्नै खुट्टा

नेपालखबर
कात्तिक २७, २०७८ शनिबार १३:४६, काठमाडौँ

हंगेरीका एक व्यक्तिले नेपाली रुपैयाँ बराबरको इन्स्योरेन्स दाबी गर्न रेलअघि बसेर आफ्नै खुट्टा कटाएको खुलेको छ।

डेलीमेलका अनुसार स्यान्डोर नाम गरेका ५४ वर्षीय व्यक्तिले रेलअघि बसेर आफ्नै खुट्टा कटाएका थिए। यो घटना सन् २०१४ को हो। उनले हंगेरीको नीरकसजारी गाउँमा रेलको लिगमा राखेर आफ्नो दुवै खुट्टा कटाएका थिए। 

यो घटनापछि उनले इन्स्योरेन्स दाबी गर्दै आवेदन दिए। तर, कम्पनीले उनीमाथि शंका गर्‍यो किनकी सोही वर्ष उनले १४ उच्च जोखिमको पोलिसी लिएर इन्स्योरेन्स गराएका थिए।

 पछि यो मुद्दा अदालतसम्म पुग्यो। रेलअघि बसेर दुवै खुट्टा गुमाएर स्यान्डोरले बचत खातामा राख्नुभन्दा इन्स्योरेन्समा पैसा राख्दा राम्रो हुने सल्लाह पाएकाले इन्स्योरेन्स गराएको दाबी गरेका थिए।

यद्यपि सात वर्षको अनुसन्धान र साक्षीसँगको सोधपुछमा उनले जानाजान आफूलाई चोट पुर्‍याएको निष्कर्ष निस्केको हो। अदालतले स्यान्डोरलाई दुई वर्षको जुेल र झण्डै साढे सात लाख नेपाली रुपैयाँ बराबरको कानुनी प्रक्रियाको खर्चसमेत भुक्तानी गर्न आदेश दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .