ad ad

रोचक


जसले ८९ वर्षको उमेरमा पीएचडी गर्दै पूरा गरे भौतिकशास्त्री बन्ने सपना

जसले ८९ वर्षको उमेरमा पीएचडी गर्दै पूरा गरे भौतिकशास्त्री बन्ने सपना

नेपालखबर
कात्तिक २९, २०७८ सोमबार १४:२४, काठमाडौँ

अमेरिकाको रोड आइल्याण्डमा बस्ने एक व्यक्तिले ८९ वर्षको उमेरमा विद्यावारिधि (पीएचडी) गर्दै आफ्नो भौतिकशास्त्री बन्ने सपना पूरा गरेका छन्।

उनले करिब दुई दशकको अध्ययनपछि यो सफलता हात पारेका हुन्।स्टेइनरले यसै महिनामा आफ्नो ९० औं जन्मदिन मनाउँदैछन्। समाचार संस्था एपीका अनुसार म्यानफ्रेड स्टेइनर नामका व्यक्तिले ब्राउन युनिभर्सिटीबाट पीएचडी हासिल गरेका हुन्।  

स्टेइनर सानैदेखि भौतिकशास्त्री बन्न चाहन्थे। उनले गत बुधबार यो उपाधि हात पारेपछि खुसी व्यक्त गर्दै लामो समयदेखिको सपना पूरा भएकोमा खुसी व्यक्त गरे। सानोमा उनले अल्बर्ट आइसटाइन र म्याक्स प्लान्कको कहानीबाट प्रभावित हुँदै भौतिकशास्त्री बन्ने सपना देखेका थिए।

यद्यपि दोस्रो विश्वयुद्धपछि भने उनलाई काका र आमाले मेडिसिनको पढाइ राम्रो हुने भन्दै मेडिसिनको पढाइका लागि सुझाव दिएका थिए। उनले सन् १९५५ मा युनिभर्सिटी अफ भियनाबाट मेडिकल डिग्री हासिल गरेका थिए। त्यसपछि उनले अमेरिका प्रस्थान गरेका थिए। 

स्टेइनरले ७० वर्षको उमेरमा ब्राउन युभिनर्सिटीबाट आफ्नो अन्डरग्राजुएटको पढाइ सुरु गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .