ad ad

रोचक


७७ वर्षे र २० वर्षीयाबीच यस्तो प्रेम!

७७ वर्षे र २० वर्षीयाबीच यस्तो प्रेम!

७७ वर्षीय डेभिड र २० वर्षीया जो। एकअर्काको प्रेममा डुबेका छन्।


नेपालखबर
मंसिर २०, २०७८ सोमबार १६:२४, काठमाडौँ

प्रेमलाई न जात, न धर्म, न उमेर, न देश केहीले पनि छेक्दैन भन्ने उदाहरण बेलायत निवासी एक वृद्ध र म्यानमारकी एक युवतीले देखाएका छन्। 

म्यानमारकी जो नामकी २० वर्षीया युवती र बेलायतका डेभिड नामका ७७ वर्षीय वयोवृद्धबीच गहिरो प्रेम बसेको हो। 

द सन वेबसाइटका अनुसार युवती विद्यार्थी हुन् भने उनका प्रेमी डेभिड संगीतकर्मी। यी दुई पछिल्लो डेढ वर्षयता एकअर्काको मायाप्रेममा डुबेका हुन्। 

डेभिडका सन्तान छैनन्। दुई जनाबीच ५७ वर्षको उमेर अन्तर मात्र होइन, उनीहरू हजारौं माइल टाढा पनि छन्। तर पनि उनीहरूबीचको प्रेमलाई यी कुराले छेक्न सकेका छैनन्। 

उनीहरूबीच १८ महिनाअघि एक डेटिङ साइटका माध्यमबाट भेट भएको थियो।  ७७ वर्षका डेभिड रोमान्टिक स्वभावका छन्। उनी फ्लर्टिङ गर्न कहिलेकाहीँ डेटिङ साइट चाहर्थे। उनी आफूलाई सधैं जवान ठान्छन् र त्यहीअनुसारका कुरा र व्यवहार गर्छन्।

उनका अनुसार उनी आफूभन्दा ५० वर्ष कम उमेरकी केटीसँगै सम्बन्ध राख्ने सोचमा थिए। यही क्रममा डेटिङ साइटमा उनले २० वर्षीया जोलाई फेला पारे। 

तर जोले सुरुमा आफू बेलायतमै रहेको भनेर झुटो बोलेकी थिइन्। किनकि उनी बेलायतमै पार्टनर खोजीमा थिइन्। तर प्रेम गहिरिँदै गएपछि जोले आफू म्यानमार रहेको वास्तविकता बताइन्। 

डेभिड र जो अहिले यति गहिरो प्रेममा डुबिसेकका छन् कि चाँडै भेटेर बिहे गर्ने योजनामा छन्। पासपोर्ट बन्नासाथ जो आफ्ना प्रेमी डेभिड भेट्न बेलायत जाने साेचमा छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .