ad ad

रोचक


अमेरिकी कम्पनीको भारतीय मूलका प्रमुख, जसले एउटै जुम कलबाट हटाइदिए ९०० कर्मचारी

अमेरिकी कम्पनीको भारतीय मूलका प्रमुख, जसले एउटै जुम कलबाट हटाइदिए ९०० कर्मचारी

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १०:२८, काठमाडौँ

एक अमेरिकी कम्पनीका प्रमुखले एउटा जुम कलमा बोलाएर ९०० कर्मचारीलाई कामबाट निकालेका छन्। अमेरिकी कम्पनी बेटर डटकमका भारतीय मूलका सीईओ विशाल गर्गले सामाजिक सञ्जालमा सार्वजनिक भएको जुम कलको भिडियोमा भनेका छन्, ‘यदि तपाईं यो कलमा हुनुहुन्छ भने तपाई जागिर गुमाउने अभागी समूहको हिस्सा हुनुहुन्छ।’ 

बीबीसीका अनुसार अमेरिकामा अबको केही समयमा क्रिसमस आउँदै गरेको अवस्थामा कम्पनीको यस्तो कार्यको धेरैले विरोध गरेका छन्। गर्गले भने कर्मचारीका प्रदर्शन र उत्पादकत्वमा कमी आउनुका साथै बजारको अवस्था पनि परिवर्तन भएकाले ठूलो संख्यमा कर्मचारी कटौती गर्नुपरेको बताएका छन्। 

गर्गले कर्मचारी कटौती गरेको स्वीकार गर्दै आफ्नो कम्पनीका कर्मचारीको प्रदर्शन कमजोर भएको र उनीहरुले एक दिनमा केवल दुई घण्टामात्र काम गर्ने आठ घण्टा काम गरेको दाबी गर्ने गरेको बताए। 

अहिले यो कम्पनीले घर खरिद प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन नयाँ प्रविधि ल्याउने तयारी गरिरहेको कम्पनीलाई जापानी कम्पनी सफ्टबैंकले साथ दिने भएको छ।

गर्गको व्यवस्थापनको शैलीको भने यसअघि पनि आलोचना हुँदै आएको थियो। यसअघि उनले आफ्ना कर्मचारीहरुलाई गाली गर्दै लेखेको इमेल सार्वजनिक भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .