ad ad

रोचक


बिहारका ८४ वर्षीय व्यक्ति, जसले लगाए ११ डोज कोरोना खोप

बिहारका ८४ वर्षीय व्यक्ति, जसले लगाए ११ डोज कोरोना खोप

नेपालखबर
पुस २३, २०७८ शुक्रबार १३:४६, काठमाडौँ

भारतको बिहार राज्यका ८४ वर्षीय एक वृद्धले कोभिड–१९ विरुद्धको खोपको ११ डोज लिएको दाबी गरेका छन्।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बिहारको मधेपुरा जिल्लाको पुरैनी भन्ने ठाउँमा बस्ने ब्रह्मदेव मण्डलले ११ पटक कोरोना खोप लगाएको दाबी गरेका हुन्। 

उनी १२ औं पटक कोरोना खोप लगाउन जाने क्रममा पक्राउ परेका हुन्। अहिलेसम्म विश्वका केही मुलुकमा चौथो डोज कोरोना खोप लगाउने कार्य सुरु भए पनि भारतमा भने चौथो डोजको लागि अनुमति दिइएको छैन। 

उनले कोरोनाको खोप लगाउँदा कहिले पनि त्यसको नकारात्मक असर नदेखिएको पनि बताएका छन्।

उनले भने, ‘मैले खोप लगाउन थालेपछि कहिले पनि बिरामी महसुस गरेको छैन र त्यसयता मैरो स्वास्थ्यमा पनि सुधार आएको छ।’ 

स्थानीय डक्टर अमरेन्द्र प्रताप शाहिलले यस विषयमा अनुसन्धान हुने र वृद्धको दाबी सही ठहर भए उनलाई यसरी नियम विपरीत कोरोना खोप दिनेलाई पनि कारबाही हुने बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .