ad ad

रोचक


महामारीको विवाहः गुगलमा पाहुना, घर-घरमा खाना डेलिभरी

महामारीको विवाहः गुगलमा पाहुना, घर-घरमा खाना डेलिभरी

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १४:१२, काठमाडौँ

भारतको पश्चिम बंगालको एक जोडीले कोरोना महामारीमा विवाहको नयाँ तरिका प्रयोग गर्ने भएका छन्।

महामारीको कारण धेरै पाहुना बोलाउन नमिल्ने भएपछि उनीहरुले नयाँ तरिका प्रयोग गरेर ४५० जना पाहुना बोलाउने भएका छन्।

जनवरी २४ मा हुने यो विवाहमा सबै पाहुना गुगल मिटमा उपस्थित हुनेछन्। सन्दीपन सरकार र अदिति दासको विवाहमा गुगल मिटमार्फत सहभागी हुने सबैको घरमा अनलाइन डेलिभरीमार्फत खाना पुर्‍याइनेछ। 

‘हामीले गत वर्षदेखि नै विवाहको तयारी गरेका थियौं तर महामारी एउटा समस्या नै बन्यो’, सरकारले भने। अहिले बढीमा २ सयजना मानिस मात्र विवाहमा सहभागी हुन पाउने व्यवस्था गरिएकाले सरकारले विवाहको लागि गुगल मिटलाई नै छाने। गुगल मिटमा उपस्थित हुने मानिसहले विवाह अनलाइनमार्फत हेर्न सक्नेछन्। 

२८ वर्षीय यी युवामा डिजिटल विवाहको योजना कोरोना संक्रमणको कारण अस्पतालमा बस्दा आएको हो।

‘म आफ्नो परिवार र पाहुनाको सुरक्षाको विषयमा निकै चिन्तित थिएँ’, उनले भने, ‘जनवरी २ देखि ४ सम्म अस्पतालमा बसेपछि मैले ठूलो भिड नगर्ने उपाय खोज्ने निर्णय गरेँ।’ 

धेरै मानिस अनलाइनमार्फत सहभागी हुने भए पनि दुवैतर्फका गरेर करिब १ सयको हाराहारीमा मानिसहरु भौतिकरुपमा नै विवाहमा सहभागी हुनेछन्।

यो विवाहमा सहभागी हुने सबै पाहुनालाई विवाहको एक दिनअघि यो विवाहमा सहभागी हुनको लागि पासवर्डसहित लिंक पठाइनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .