ad ad

रोचक


सामूहिक विवाहमा बेहुला फेरिएपछि...

सामूहिक विवाहमा बेहुला फेरिएपछि...

नेपालखबर
चैत ५, २०७८ शनिबार १३:३५, काठमाडौँ

भारतमा आम मानिसको सुविधाको लागि बेलाबेलामा सामूहिक विवाह आयोजना गरिन्छ।

यद्यपि भारतको मध्यप्रदेशस्थित ग्वालियरमा भने एक अनौठो घटना घटेको छ। सामूहिक विवाहको क्रममा एक बेहुलीको बेहुला फेरिए।

बधू पक्षले सुरुमा जुन केटालाई हेरेका थिए, विवाहको समयमा बेहुलाको रुपमा ती युवक थिएनन्। अर्कै युवकलाई उनको सट्टामा राखिएको थियो। 

बेहुला फरक क्षमता भएका युवा थिए। त्यसपछि बेहुलीले उनीसँग विवाह गर्न अस्वीकार गरिन्।

त्यस्तै  समाजमा बदनाम हुने डरले परिवारले तत्कालै अर्को युवक खोजेर  विवाह सम्पन्न गरे। 

उक्त विवाह समारोहको आयोजना राठोर समाजले गरेको थियो। यो समारोहमा १७ जोडीको विवाह गराइएको थियो।

यस्तोमा सबै जोडीबाट ३०/३० हजार रुपैयाँ उठाइएको थियो। तर, त्यसको बदलामा केही पनि नदिएर ठगी गरेको आरोप राठोर समाजमाथि पनि लागेको छ। 

उजुरीकर्ता वीरेन्द्र सिंहका अनुसार मार्च ४ मा भएको यो सामूहिक विवाहमा सामेल हुन उनी आफ्नी भाञ्जीलाई लिएर गएका थिए, उनीहरुले त्यहाँ एक युवक हेरेका थिए र मन पनि पराएका थिए।

त्यससँगै उनीहरुको विवाह पक्का भएको थियो। यद्यपि विवाह प्रक्रिया सुरु हुँदा भने अर्कै युवकलाई राखिएको थियो। त्यसपछि विवाद उत्पन्न भएको थियो। 

वीरेन्द्रका अनुसार बेहुला बनेर आएका युवा फरक क्षमताका थिए र उनी धनी परिवारका थिए। त्यसैले आयोजकले उनलाई बेहुलाको रुपमा मण्डपमा ल्याएका थिए।

आयोजकले उनको विवाहको लागि ४ लाख लिएको वीरेन्द्रको आरोप छ। 

आयोजकले भने सबै जोडीबाट ३० हजार रुपैयाँ उठाए पनि त्यसको सट्टामा ५५ हजारको सामान फिर्ता दिएको र बेहुला परिवर्तनको आरोप पनि निराधार रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .