ad ad

रोचक


विमान नउड्दै यात्रु आपतकालीन ढोकाबाट बाहिरिएपछि...

विमान नउड्दै यात्रु आपतकालीन ढोकाबाट बाहिरिएपछि...

नेपालखबर
बैशाख १०, २०७९ शनिबार १४:१५, काठमाडौँ

अमेरिकाको न्युयोर्कस्थित नियागारा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्नुभन्दा अगाडि नै आपतकालीन ढोकाबाट बाहिरिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार विमानमा कुनै पनि समस्या नभई महिला आपतकालीन ढोकाबाट निस्किएकी थिइन्। 

प्रहरीले विमानभित्र अमर्यादित व्यवहार देखाएको भन्दै क्यालिफोनिर्याकी २४ वर्षीया किन्थिया म्याकनाइटलाई पक्राउ गरेको हो। 

समाचारमा बाताइएअनुसार पाइलटले विमानलाई उडाउनै लागेका थिए तर महिला यात्रुको उक्त व्यवहारको कारण उनी गेटमा फर्किन बाध्य भएका थिए। 

प्रहरीले म्याकनाइटमाथि अमर्यादित व्यवहार देखाएको, दुर्व्यवहार गरेकोलगायतका आरोप लगाइएको छ।

समाचारमा बताइएअनुसार महिलाले विमानको क्याबिनको ढोका खोलेर आपतकालीन स्लाइड खोलेकी थिइन् र सोहीबाट उनी बाहिर निस्किइन्। 

यो घटना हुँदा विमानमा थप ६५ यात्रुहरु थिए र चारजना चालकदलका सदस्य थिए। घटनापछि उनीहरु सबैलाई अर्को विमानमा राखी गन्तव्यमा पुर्‍याइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .