ad ad

रोचक


६ वर्षअघि सगरमाथा चढेँ भनेर ढाँटे, आफूलाई प्रमाणित गर्न अहिले शिखरमै पुगे

६ वर्षअघि सगरमाथा चढेँ भनेर ढाँटे, आफूलाई प्रमाणित गर्न अहिले शिखरमै पुगे

नेपालखबर
जेठ २२, २०७९ आइतबार १४:७, काठमाडौँ

एक भारतीय नागरिक आफैंलाई प्रमाणित गर्न सगरमाथा चढेका छन्।

६ वर्षअघि सगरमाथा चढेको भन्दै प्रतिबन्धको सामना गरेका युवा प्रतिबन्ध फुकुवा भएसँगै सगरमाथाको शिखरमा पुगेका हुन्।

नरेन्द्र सिंह यादवले सन् २०१६ को मे महिनामा आफू ८ हजार ८४८.८८ मिटर अग्लो सगरमाथामा पुगेको दाबी गरेका थिए। 

यद्यपि उनले सार्वजनिक गरेको तस्बिरहरु वास्तविक नरहेको र उनले वास्तविक तस्बिरलाई तोडमोड गरेर उक्त तस्बिर बनाएको पाइएको थियो।

त्यसपछि  नेपाल सरकारले शिखरमा पुगेको मान्यता खोस्दै ६ वर्षसम्म सगरमाथा चढ्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यो प्रतिबन्धमा नरेन्द्रसँगै अन्य दुई भारतीय पनि थिए। 

६ वर्षको प्रतिबन्ध सकिएसँगै नरेन्द्र सगरमाथाको शिखरमा पुगेका हुन्।

‘सगरमाथा हामी सबैको सपना हो तर मेरो लागि  यो जीवन हो’, शुक्रबार उनले भनेका छन्, ‘ममाथि थुप्रै किसिमको आरोप लागेका थिए। त्यसैले पनि मैले आफैंलाई प्रमाणित गर्नु थियो र सगरमाथाको चुचुरोमा पुग्नु थियो।’ 

गत मे २० मा नरेन्द्रमाथिको प्रतिबन्ध हटेको थियो। त्यसको सात दिनमा उनी सगरमाथाको शिखरमा पुगेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .