भारतका अधिकांश स्थानमा एउटै लिंगबीचको विवाह स्वीकार्य छैन। भारतका धेरै परिवारको त्यसलाई स्वीकार पनि गर्दैनन्।
भारतको उत्तर प्रदेशमा आफ्नै केटीसाथीसँग प्रेम बसेपछि एक युवतीले लिंग परिवर्तन गराउने निर्णय गरेकी छिन्।
इन्डिया टुडेका अनुसार दुवै महिलाबीचमा प्रेम बसे पनि परिवारले नमानेपछि परिवारलाई मनाउनकै लागि युवतीले लिंग परिवर्तनको लागि शल्यक्रिया गराएकी छिन्। प्रयागराजस्थित स्वरुप रानी नेहरु अस्पतालमा युवतीको माथिल्लो भागको शल्यक्रिया सकिएको छ।
यो क्रममा महिलाको छातीको बनावट मिलाउने लगायतका काम सकिएको छ। युवतीको सम्पूर्ण शल्यक्रिया सकिन अझै साढे एक वर्षको समय लाग्छ। त्यसपछि उनी पुरुष बन्नेछिन्।
शल्यक्रियामा संलग्न डाक्टर मोहित जैनका अनुसार उनले पहिलोपटक यस किसिमको शल्यक्रिया गरेका हुन्।
यो सबै प्रक्रिया पूरा हुन १८ महिना लाग्नेछ। युवतीको समग्र स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उनले समग्र स्वास्थ्य अवस्था राम्रो देखिएको छ।
Shares
प्रतिक्रिया