ad ad

रोचक


जब ट्याटुले एलियनजस्तो देखिए ...

जब ट्याटुले एलियनजस्तो देखिए ...

नेपालखबर
साउन ८, २०७९ आइतबार १४:२, काठमाडौँ

पहिला मानिसहरु आफ्नो कार, मोटरसाइकललगायतका कुराहरु आफूलाई मनपर्दो बनाउँथे।

समयसँगै मानिसहरु फरक फरक अनुभव गर्न थालेका छन्। जसको एउटा उदाहरण आफ्नो शरीर नै आफूले चाहेको जस्तो बनाउनु हो। यस्तै शोख भएका एक व्यक्तिले आफ्नो शरीरभरि ट्याटु खोपेका छन्।  

शरीरभरि ट्याटु खोपेका उनले अहिले रोजगारी पनि पाउन सकेका छैनन्। 

यी व्यक्तिको नाम एन्थोनी लोफ्रेडो हो। उनले आफ्नो जीउभरि ट्याटु खोपेका छन्। यहाँसम्मकी उनको आँखामा पनि ट्याटु छ।

त्यसैले मानिसहरु उनलाई ‘ब्ल्याक एलियन’को नामले चिन्छन्। उनले आफ्नो शरीरको केही भाग काटेका छन्। उनले नाकको केही भाग काटेका छन् भने दुवै कान पनि काटेका छन्। त्यस्तै हातको औंला पनि कटाएका छन्। 

अहिले भए उनले आफ्नो शरीरभर ट्याटु भएकै कारण रोजगारी नपाएको गुनासो गरेका छन्। उनले आफूप्रति मानिसहरुले नकारात्मक सोच राखेको र मानिसहरुले आफ्नो कुरा नबुझेको गुनासो पनि गरेका छन्। 

उनले आफू मानिस नै भएकाले सबैलाई आफूजस्तै सोच्न पनि आग्रह गरेका छन्। मानिसहरुले उनलाई देख्नेबित्तिकै नराम्रो सोच्ने र भाग्ने गरेको गुनासो गरेका छन्। 

‘म बच्चा र वृद्ध मानिसहरुलाई देख्ने बित्तिकै उनीहरुभन्दा टाढा जाने गरेको छु ताकि उनीहरु मलाई देखेर नडराउन्। म पनि एक मानव हुँ र काम पनि गर्न चाहन्छु। मेरो पनि परिवार छ’, उनले भनेका छन्।

उनले आफ्नो पीडा सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .