रेलवेमा आएको एक कछुवा हटाउन नसकेपछि बेलायतको एक सेवा नै अवरुद्ध बनेको छ।
सोमबार रेलवेको बीचमा कछुवा आएसँगै क्याम्ब्रिज–नर्विच चल्ने ग्रेटर एन्ज्लियाको रेलसेवा रोकिएको हो। बीबीसीका अनुसार कछुवाको कारण उक्त रेलवेमा चल्ने तीनवटा रेल सेवा प्रभावित बनेको हो।
इस्ट हार्लिङ रोडस्थित पाल्तु जनावर पसल स्वालो एक्युएटिक्सका अनुसार रेलवेमा फेला परेको कछुवा क्लाइड हो।
यो कछुवा आइतबारदेखि हराइरहेको थियो। रेलले हानेर घाइते भएको उक्त कछुवाको अहिले उपचार भइरहेको समाचारमा उल्लेख छ। २.५ फिट लामो कछुवाको खपटा प्वाल परेको छ।
समाचारमा उल्लेख गरिएअनुसार कछुवा निकै ठूलो थियो र यसले रेलवेको धेरै भाग ओगटेको थियो। साथै कछुवा चोटग्रस्त भएकाले पनि त्यसलाई हटाउन नसकिएको अधिकारीहरुले बताएका छन्।
करिब २० मिनेटपछि कछुवालाई हटाई रेलसेवा पुनः सञ्चालनमा ल्याइएको छ।
Shares
प्रतिक्रिया