रोचक


विश्वकपका लागि स्पेनबाट कतार हिँडेका फुटबल फ्यान इरानमा पक्राउ

विश्वकपका लागि स्पेनबाट कतार हिँडेका फुटबल फ्यान इरानमा पक्राउ

नेपालखबर
कात्तिक १२ , काठमाडौँ

विश्वकप फुटबल हेर्न स्पेनबाट कतार हिँडेका एक फ्यान इरानमा पक्राउ परेका छन्। सान्टियाओ सान्चेज कोगेडरकी आमाले पछिल्लो केही सातायता उनीसँग सम्पर्क विच्छेद भएको जानकारी दिएकी हुन्।

गत जनवरीमा स्पेनको मड्रिडनजिकैबाट उनी विश्वकपको लागि भन्दै हिँडेरै कतार जान निस्किएका थिए। नोभेम्बर २० मा हुने विश्वकपमा कतार पुग्ने उद्देश्यका साथ उनी बेलैमा निस्किएका थिए। यद्यपि पछिल्लो एक महिनायता भने उनको परिवारसँगको सम्पर्क छुटेको छ। 

स्पेनको विदेश मन्त्रालयले सान्टियाओ सान्चेज कोगेडर इरानमा पक्राउ परेको पुष्टि गरेको छ। मन्त्रालयले उनको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेको छ। इरानको लागि स्पेनका राजदूतले इरानको सरकारसँग उनलाई भ्रमणको लागि अनुमति दिन आग्रह गरेका छन्।

उनलाई इरानको कुन जेलमा राखिएको भन्ने अहिलेसम्म खुलाइएको छैन। अहिलेसम्म इरानले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

सान्चेज कोगेडरले आफ्नो यात्राको विवरण इन्स्टाग्राममा राख्दै आएका थिए। उनको पछिल्लो पोस्ट अक्टोबर १ मा राखिएको थियो। उक्त पोस्टमा उनले आफू इराकको उत्तरी गाउँबाट इरान प्रवेश गरेको बताएका छन्। उनले आफू इरानको बन्दर अबास बन्दरगाहबाट डुङ्गा चढेर कतार जान लागेको परिवारलाई बताएका थिए। 

अहिले इरानमा हिजाबविरुद्धको आन्दोलन चलिरहेको छ। इरानले यो आन्दोलन चर्काउन अमेरिका र पश्चिमा मुलुकले भूमिका खेलेको आरोप लगाउँदै आएको छ।

गत महिना इरानका अधिकारीले पोल्याण्ड, इटाली र फ्रान्सका नौ विदेशीलाई यो आन्दोलन चर्काउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको बताएको थियो। यद्यपि सान्चेज कोगेडर भने कुनै पनि राजनीतिक मुद्दामा संलग्न नरहेको उनका परिवारले बताएका छन्। 
 

कात्तिक १२, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .