रोचक


इन्डोनेसियाको गुफामा भेटियो ४५ हजार वर्ष पुरानो भित्तेचित्र

इन्डोनेसियाको गुफामा भेटियो ४५ हजार वर्ष पुरानो भित्तेचित्र

नेपालखबर
माघ १, २०७७ बिहिबार ६:३,

पुरातत्त्वविद्हरूले जङ्गली सुँगुरको उक्त चित्र गुफाको भित्तामा कोरिएको अवस्थामा फेला पारेको बीबीसीले जनाएको छ।

चौडाइ ५३ इन्च र लम्बाइ २१ इन्च रहेको उक्त चित्रमा देखिएको जीवको अनुहारमा सिङजस्तै गाँठाहरू छन्। त्यस्ता अवयव उक्त प्रजातिको जङ्गली सुँगुरको भालेका विशेषता हुन्।

यो अहिलेसम्म भेटिएका त्यस्ता कलाकृतिमा सबैभन्दा पुरानो भएको बताइएको छ।

गाढा रातो गेरु रङ्ग प्रयोग गरी कोरिएको चित्र सुलावेसी द्वीपको एउटा दुर्गम उपत्यका अवस्थित लिएङ टेडोङ्गे गुफामा छ।

A warty pig painted on a cave wall 45,500 years ago is the world's oldest  depiction of an animal - CNN Style

उक्त चित्रले सो क्षेत्रमा मानव बसोबास रहेको पुरानो प्रमाण उपलब्ध गराएको विज्ञहरुको भनाइ छ।

गुफामा चित्रमाथि क्याल्साइट अर्थात् चुन जमेको पत्ता लगाएपछि यूरेनीअम–सिरिज आइसटोप विधि प्रयोग गरेर चुन कति अघि जमेको थियो त्यो पत्ता लगाएका थिए।

त्यसबाट उक्त चित्र कम्तीमा ४५,००० वर्ष पुरानो भएको निश्चित भएको हो।

New Scientist on Twitter: "World's oldest painting of animals discovered in  an Indonesian cave <a href=

Warty pig is oldest animal cave art on record | Live Science

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .