रोचक


अमेरिकाबाट उडेर अस्ट्रेलिया पुगेको परेवालाई मार्न खोजिँदै, यस्तो छ कारण..

अमेरिकाबाट उडेर अस्ट्रेलिया पुगेको परेवालाई मार्न खोजिँदै, यस्तो छ कारण..

नेपालखबर
माघ १, २०७७ बिहिबार ८:३,

यो परेवा १३ हजार किलोमिटर उडेर अस्ट्रेलिया पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

जो नामको यस परेवा अमेरिकामा ‘पिजन रेसिङ’मा आवद्ध भइसकेको परेवा भएको बताइएको छ।

यस्ता परेवाको एकको मूल्य १० लाख अमेरिकी डलरभन्दा बढी हुने बताइएको छ।

अमेरिकामा हालै नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित भएका छन्। त्यसकारण अमेरिकाबाट हालै अस्ट्रेलिया आएकाले यस परेवाको नाम पनि जो राखिएको जनाइएको छ।

१३ हजार किलोमिटर उडेर अस्ट्रेलिया पुगेको यस परेवालाई किन मार्न खोजियो त? वास्तवमा यतिबेला विश्वभर कोरोना भाइरसको कहर चलिरहेको छ।

Racing pigeon Joe

अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको मुलुक हो। यसबीचमा यस परेवामा पनि कोरोना भाइरस भएको आशंका गरिएको छ।

अमेरिकी राज्य ओरेगनको पिजन रेसिङ खेलबाट यो परेवा बेपत्ता भएको थियो।

अधिकारीहरुले यस परेवालाई नियन्त्रण गरेर क्वारेन्टिनमा राख्न नसकिने भएकाले यसलाई मार्न खोजिएको बताएका छन्।

(भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .