रोचक


भारतमा बडिगार्डसहित भीआईपीको नाममा फाइभस्टार होटल बुक, पैसा नतिरी फरार

भारतमा बडिगार्डसहित भीआईपीको नाममा फाइभस्टार होटल बुक, पैसा नतिरी फरार

नेपालखबर
माघ १०, २०७७ शनिबार १२:५०,

उनले रोचक तरिकाले गान्धीनगरको फाइभस्टार जियोन होटललाई ठगी गरेको टाइम्स नाउले जनाएको छ।

प्रहरीका अनुसार स्वप्निलले गत जनवरी २ मा ६ दिनका लागि भीआईपी सुविधासहित कोठाहरु बुक गरेका थिए।

उनी त्यहाँ बडिगार्डसहित उपस्थित भएका थिए। बडिगार्ड र आफ्नो तथा श्रीमतीको लागि कोठा बुक गरेका उनी ६ दिनपछि पैसा भुक्तान नगरी फरार भएको बताइएको छ।

होटलमै हुँदा उनी एक मिनिबसमा सामनगर घुम्न भनेर गएका थिए। एक लाख ४० हजारको बिल नतिरी उनी हालसम्म पनि फरार छन्।

गोवा प्रहरीका अनुसार उनले होटलसहित बडीगार्ड र उक्त मिनीबसलाई पनि ठगी गरेका हुन्। हाल सबैले उनीविरुद्ध जाहेरी दिएका छन्।

हाल स्वप्निकको खोजी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .