चक्कु प्रहारबाट ती पुरुष घाइते भएका छन्। वास्तवमा ती महिला लियोनोराले आफ्नै र श्रीमानबीचको अश्लिल तस्बिर देखेकी थिइन्।
तस्बिरमा आफैंलाई चिन्न नसक्दा ती महिलाले आफैंलाई परस्त्री सम्झिएर श्रीमान हुवाँ एनमाथि आक्रमण गरेको प्रहरीले बताएका छन्।
तस्बिरमा उनीहरु दुवै आपत्तिजनक अवस्थामा देखिएको बताइएको छ। सो तस्बिर हुवाँले केही वर्ष अगाडि खिचेका थिए।
श्रीमतीले चक्कु प्रहार गरिरहँदा उनले ती परस्त्री को हुन् भनेर प्रश्न गरेको बताइएको छ। प्रहरीका अनुसार हुवाँ श्रीमतीको चक्कु प्रहारबाट बाँच्न सफल भए।
तर उनको हात तथा खुट्टामा चोट लागेको बताइएको छ। तस्बिरमा आफैंलाई दुब्लो देखेकाले ती महिलाले आफूलाई नचिनेको बताएकी छिन्।
हाल उनलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको छ। एजेन्सी
प्रतिक्रिया