अदालतले पाँच वर्षअघि सम्बन्धविच्छेद भएको घटनामा एक पुरुषलाई घरको काम गरे बापत श्रीमतीलाई पाँच वर्षको तलब दिन आदेश दिएको हो।
राजधानी बेइजिङको फाङसान जिल्ला अदालतले चीनको नयाँ देवानी कानुनअनुसार यस्तो फैसला गरेको हो।
अदालतका अनुसार सन् २०१५ मा चेन थरका पुरुषले वाङ थरकी एक महिलासँग विवाह गरेकी थिइन्।
महिला गतवर्ष सम्बन्धविच्छेद गर्न अनुच्छिक थिइन्। यद्यपी सम्बन्धविच्छेद भएपछि उनले घरको सबै जिम्मेवारी आफूले सम्हालेकाले आफूले क्षतिपूर्ति पाउनुपर्ने बताउँदै अदालतमा मुद्दा हालेकी थिइन्।
अदालतको आदेशअनुसार अब चेनले वाङलाई ५० हजार युआन तिर्नुपर्ने बीबीसीले जनाएको छ।
प्रतिक्रिया