ad ad

गण्डकी


फेवा किनारका अवैध संरचना निर्माणमा प्रयोग भएको मिक्चर नियन्त्रणमा

फेवा किनारका अवैध संरचना निर्माणमा प्रयोग भएको मिक्चर नियन्त्रणमा

वाशुदेव मिश्र
असोज २, २०७९ आइतबार २१:७, पोखरा

फेवातालको ६५ मिटर मापदण्डभित्र नयाँ संरचना निर्माण रोक्न पोखरा महागनरले सक्रियता देखाएको छ।

नयाँ निर्माण रोक्न निर्देशन दिएलगत्तै महागनरले पोखरा ६ खहरेस्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग १ क ४८२२ नं. को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको हो।

शनिबार मेयर धनराज आचार्यले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्डभित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न आदेश दिएका थिए।

स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशन विपरीत नक्सा पासबिना  घरको तेस्रो तला ढलान गरेको भेटिएपछि निर्माण कार्य रोकिएको महागनरले जानकारी दिएको छ।

यसैबीच पोखरा महागनरले निर्माण व्यवसायीहरूलाई समेत कुनैपनि निर्माण कार्यमा सेवा प्रवाह गर्दा त्यसको वैधता अर्थात् नक्सा हेर्न आदेश दिएको छ।

महानगरले जारी गरेको सूचनामा तोकिएको मापदण्ड विपरीत निर्माण भइरहेका कुनै पनि निर्माण कार्यमा संलग्न व्यवसायीहरूले त्यसको वैधता परीक्षण नगरी सेवा प्रवाह वा अवैध संरचना निर्माणलाई प्रोत्साहन गरेको पाइए निर्माणमा प्रयोग भइरहेका निर्माण सामग्री तथा सवारी साधनहरू जफत गरिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .