गण्डकी


टीकाको दिन पोखरामा निःशुल्क बस सेवा

एयरपोर्टबाट लेकसाइडको ट्याक्सी भाडा ८ सय रुपैयाँ
टीकाको दिन पोखरामा निःशुल्क बस सेवा

नेपालखबर
असोज २३, २०८१ बुधबार १५:३९, पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र दसैँको टीकाको दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ।

स्थानीय यातायात व्यवसायीहरू र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न ८ वटा रुटमा १८ बस निशुल्क सञ्चालन हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।

यातायात व्यवसायीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क बस सेवा सञ्चालन गर्ने सहमति जनाएपछि टीकाको दिन सार्वजनिक यातायात चल्ने भएको हो। अघिल्ला वर्षहरूमा टीकाको दिन सार्वजनिक सवारी नचल्दा सर्वसाधारणले दुःख पाएका थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारीले भरतमणि पाण्डेका अनुसार टीकाको दिन पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिले फेदी, हेम्जा, हरिचोक र पृथ्वीचोक हुँदै चल्ने रुटमा ३ वटा बस सञ्चालन गर्नेछ।

यस्तै, स्थानीय यातायात प्रालिले कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म दुईवटा, पोखरा यातायात प्रालिले लामाचौरदेखि छोरेपाटनसम्म, महेन्द्रगुफादेखि लेकसाइडसम्म र काहुँखोलादेखि हल्लनचोकसम्म गरि कुल ९ बस सञ्चालन गर्नेछ।

बेगनास पोखरा यातायात प्रालिले बेगनासतालदेखि बागलुङ बसपार्कसम्म र राजाकोचौतारादेखि बागलुङ बसपार्कसम्म ४ वटा बस सञ्चालन गर्नेछ। यी बसहरुमा निशुल्क बस सेवासहितको ब्यानर हुनेछ। बस बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उनले बताए।

यस्तै, चाडपर्वमा बढी भाडा लिने सवारीलाई समेत कारबाही हुनेछ। पोखरा विमानस्थलबाट लेकसाइडसम्म यात्रुलाई आठ सय रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad