कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवास्थित कालीगण्डकी किनारमा सोमबार साँझ जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला सदरमुकाम कुश्मा बजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जिप सडकबाट झन्डै ३० मिटर तल खस्दा चालक सज्जन परियारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जिपमा ३५ वर्षीय चालक एक्लै थिए। दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उद्धार गरी प्रदेश अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। रासस
144
Shares

प्रतिक्रिया