ad ad

गण्डकी


मुस्ताङका तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

मुस्ताङका तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

वाशुदेव मिश्र
मंसिर ५, २०७९ सोमबार १८:३७, पाेखरा

गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको प्रदेशसभातर्फ ‘ख’मा पनि नेपाली कांग्रेसका उम्मेदवार विकल शेरचन विजयी भएका छन्।

विकलले २ हजार ७२३ मत पाउँदा उनका निकट्तम् प्रतिस्पर्धी एमालेका चन्द्रमोहन गौचनले २ हजार ५६५ मत प्राप्त गरे।

विकल १५८ मतले विजयी हुँदा सिंगो मुस्ताङ नै कांग्रेसमय भएको छ। मुस्ताङको प्रतिनिधिसभातर्फ कांग्रेसकै योगेश गौचन विजयी बनेका छन् भने प्रदेशतर्फको ‘क’मा कांग्रेसकै नम्डु गुरुङले जित हासिल गरेका छन्।

विजयसँगै हिमार पारिको जिल्ला मुस्ताङमा कांग्रेको ‘कम ब्याक’ भएको छ। २०७४ सालको चुनावमा त्यहाँ कांग्रेस नराम्रोसँग पराजित भएको थियो। आन्तरिक किचलोले थिल्थिलिएको कांग्रेसले यो पटक संघ र प्रदेश दुवैतर्फ युवा उम्मेदवारलाई मैदानमा उतारेको थियो। अहिले विजयी सबै सांसदहरु ४० वरका हुन्। 

पार्टी सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीमाथि मुस्ताङमा कांग्रेस कमजोर बनाएको दोष लाग्दै आएको थियो। उनै रोमीले यो पटक अनौठो गरे। आफूले पाएको संघको टिकट युवालाई अवसर दिने भन्दै छोरा योगेशलाई सुम्पे।

प्रदेशमा पनि योगेशके दवाँलीलाई खडा गराइयो। एकातिर पाँच दलीय गठबन्धन र अर्कोतर्फ युवा उम्मेदवार, कांग्रेसले गुमेको विरासत फर्कायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .