ad ad

ग्लोबल


काबुल विमानस्थल ताकेर ५ वटा रकेट प्रहार

काबुल विमानस्थल ताकेर ५ वटा रकेट प्रहार

नेपालखबर
भदौ १४, २०७८ सोमबार ११:३५, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बिहान रकेट प्रहार गरिएको छ।

तर अमेरिकी एन्टी मिसाइल सिस्टमले त्यसलाई निष्क्रिय बनाएको बीबीसीले जनाएकाे छ। 

अहिलेसम्म धनजन क्षतिबारे कुनै विवरण आइसकेकाे छैन। 

काबुलको उक्त विमानस्थलबाटै अमेरिकी नागरिक बाहिरिइरहेका छन् भने भोलि मंगलबार (अगस्ट ३१) सम्म आफ्नो देश फर्किसक्नुपर्ने समयमीमा तोकिएको छ। 

यसै क्रममा सोमबार बिहान त्यस विमानस्थलाई लक्ष्य गरी पाँचवटा रकेट प्रहार गरिएको हो। तर कसले प्रहार गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन। 

तर ती सबै रकेटलाई अमेरिकको एन्टी मिसाइल सिस्टमले निष्क्रिय पारेको दाबी गरिएको छ। 

यसअघि गत बिहीबार साँझ आतंकवादी संगठन इस्लामिक स्टेटको खुरासान समूहले बम हमला गर्दा १३ जना अमेरिकी नागरिकसहित १७० जनाको मृत्यु भएको थियो। घटनामा धेरै जना घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .