ad ad

ग्लोबल


पन्जसिरवासीको हारगुहार : तालिबानले नरसंहार गरिरहेको छ, हामीलाई बचाउनुहोस्!

पन्जसिरवासीको हारगुहार : तालिबानले नरसंहार गरिरहेको छ, हामीलाई बचाउनुहोस्!

अफगानिस्तानको पन्जसिर उपत्यका, जुन तालिबानले अझै पूर्ण रूपमा कब्जा गर्न सकेको छैन। उसले नियन्त्रणमा लिइसकेकोे दाबी गरे पनि त्यहाँको विद्रोही समूहले यो कुरा झुटो भएको दाबी गरेको छ।


नेपालखबर
भदौ २६, २०७८ शनिबार १६:२३, काठमाडौँ

अफगानिस्तानको पन्जसिर प्रान्त निवासी एक व्यक्तिले तालिबानले आफ्नो परिवारलाई घर छाडेर काबुल जान चेतावनी दिइरहेको गुनासो गरेका छन्। 

ती व्यक्तिले बीबीसीको फारसी सेवासँग भनेका छन्, ‘तालिबानले पन्जसिरका बासिन्दालाई दबाब दिइरहेका छन्, त्यहाँबाट भाग्न बाध्य बनाइरहेका छन्।’

बीबीसीका अनुसार यतिबेला सामाजिक सञ्जालमा प्रान्त (पन्जसिर) छाडेर गइरहेकाहरूको भिडिओ भाइरल भइरहेको छ। एक भिडिओमा धेरैवटा कार, बस र ट्रक पन्जसिर उपत्यकामा राखिएको देखिन्छन्। 

पन्जसिरका अर्का एक स्थानीयले भने, ‘धेरै परिवारलाई जबर्जस्ती काबुल पठाइएको थियो, उनीहरूलाई नियन्त्रणमा लिएर अज्ञात स्थल लगिएको छ।’​

तालिबानविरोधी समूह नेसनल रेसिस्टेन्स फ्रन्टको विदेशी सम्बन्धका इन्जार्च अली निजारीले एक भिडिओ सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पन्जसिरस्थित मेरो घरबाट निकालिएको छ।’

उनका अनुसार ‘तालिबानले नरसंहार गरिरहेका छन्, संसारले देखिरहेको छ, तर उनीहरूलाई कुनै प्रभाव परेको छैन।’

उनले ‘यो युद्ध अपराध रोक्न’ अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेका छन्। 

यी पनि–

भारतमा अफगान बालबालिकाले लगाए ‘तालिबान मुर्दावाद’ नारा

–​पन्जसिरका स्थानीय भन्छन्ः तालिबानको कब्जा दाबी झुटो, मरेको भनिएका कमान्डर जीवितै

–​सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .