ad ad

ग्लोबल


आणविक पन्डुब्बी ठोक्किएपछि अमेरिकासँग चीनले माग्यो स्पष्टीकरण

आणविक पन्डुब्बी ठोक्किएपछि अमेरिकासँग चीनले माग्यो स्पष्टीकरण

नेपालखबर
असोज २२, २०७८ शुक्रबार २१:१९, काठमाडौँ

अमेरिकी नौसेनाको आणविक पन्डुब्बी दक्षिण चीन सागरमा ठोक्किएपछि चीनले स्पष्टीकरण मागेको छ। 

यसबारे स्पष्ट सूचना सम्प्रेण नगर्नु अमेरिकाको गैरजिम्मेवारीपन भएको बताउँदै चीनले आणविक चुहावटबारे पनि चिन्ता व्यक्त गरेको छ। 

‘घटनाबारे अमेरिकाले थप विवरण स्पष्ट पार्नुपर्छ। कुन ठाउँमा पन्डुब्बी ठोक्किएको हो, त्यहाँ त्यो पन्डुब्बी जानुको कारण के हो, त्यो केमा ठोक्किएको हो र आणविक चुहावट भयो भएन?’ चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता चाओ लिचियनले शुक्रबार भने।

‘दुर्घटनाबारे विस्तृत विवरण लुकाउनु अमेरिकाको गैरजिम्मेवारीपन हो,’ चाओले थपे।

दक्षिण चीन सागरमा अमेरिकी उपस्थिति शान्तिको बाधक भएको उनको भनाइ थियो।

‘जलयात्राको स्वतन्त्रताका नाममा अमेरिकाले दक्षिण चीन सागरमा नौसेना परिचालन गर्छ। दुर्घटनाको मुख्य कारण त्यही हो। अमेरिका क्षेत्रीय शान्ति र स्थायित्वमाथिको गम्भीर खतरा बनेको छ,’ उनले भने।

यसअघि बिहीबार अमेरिकी नौसेनाले छोटो वक्तव्य जारी गर्दै दक्षिण चीन सागरमा अक्टोबर २ का दिन पानीमुनि रहेको बेला पन्डुब्बी एक वस्तुसँग ठोक्किएको जनाएको थियो। 

यद्यपि त्यो वस्तु के थियो भन्ने अमेरिकी सेनाले स्पष्ट पारेको थिएन। जहाजमा रहेका दुई जना सामान्य घाइते भएको र जहाज सामान्य अवस्थामै रहेको अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्। एससीएमपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .