ad ad

ग्लोबल


चीन मात्र हेर्नेगरी सीआईएले गठन गर्‍यो ‘चाइना मिसन सेन्टर’

चीन मात्र हेर्नेगरी सीआईएले गठन गर्‍यो ‘चाइना मिसन सेन्टर’

नेपालखबर
असोज २४, २०७८ आइतबार १६:४४, काठमाडौँ

अमेरिकाको गुप्तचर निकाय सीआईएले नयाँ ‘चाइना मिसन सेन्टर’ गठन गरेको छ। 

चीनसँग ‘नयाँ शीतयुद्ध’ लड्न अनिच्छुक रहेको बताइरहँदा अमेरिकाले यस्तो कदम चालेको हो। यसलाई चीनप्रति अमेरिकाले लिएको कठोर नीतिको संकेतका रुपमा हेरिएको छ।

बिहीबार सीआईएका निर्देशक विलियम बर्न्सले नवगठित एकाइले सम्पूर्ण रुपमा ‘प्रमुख प्रतिस्पर्धी’ चीनमा केन्द्रित भएर काम गर्ने बताए। 

‘२१ औँ शताब्दीमा हामीले सामना गर्ने सबैभन्दा महत्वपूर्ण भूराजनीतिक खतराप्रति हाम्रो सामूहिक कार्यलाई चाइना मिसन सेन्टरले सबल तुल्याउनेछ,’ बर्न्सले भने।

पछिल्लो समय अमेरिकाले चीनलाई टक्कर दिन विभिन्न मन्त्रालयमा अनेक प्रकारका संरचना बनाउँदै गएको छ। 

रक्षा मन्त्रालयअन्तर्गत ‘चाइना टास्क फोर्स’ र विदेश मन्त्रालय अन्तर्गत ‘चाइना हाउस’ पनि गठन गरिने समाचारहरुमा जनाइएको छ। 

चाइना मिसन सेन्टरलाई सीआईएका एक अधिकारीले सोभियत संघलाई रोक्न सीआईएले गरेको गतिविधिसँग तुलना गरेका छन्। एससीएमपी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .