ad ad

ग्लोबल


शान्ति मिशनका उच्च अधिकृतद्वारा नेपाली सेनाकाे प्रशंसा

शान्ति मिशनका उच्च अधिकृतद्वारा नेपाली सेनाकाे प्रशंसा

नेपालखबर
असोज ३१, २०७८ आइतबार २१:३७, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि मनुस्को कंगोमा तैनाथ श्री भवानीदल गण (शासे) २७ औं डफ्फा र श्री नं.२४ फिल्ड गुल्म (शासे) २४ औं डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह समपन्न भएको छ।

मनुस्कोका चिफ अफ स्टाफ जोन स्टान्ले चाइकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्‍न भएको  नेपाली सेनाले जनाएको छ।

त्यसैगरी अनमिस, दक्षिण सुडानमा तैनाथ श्री गोरखबहादुर गण (शासे) सातौं डफ्फामा सहभागी नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह अनमिस का एसआरएसजी निकोलस हेसमको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ।

जंगी अड्डाका अनुसार कार्यक्रममा सम्बन्धित मिशनका उच्चपदस्थ अधिकृतहरु, स्थानीय वरिष्ठ पदाधिकारीहरु एवं सुरक्षा निकायका प्रमुखहरुका साथै विभिन्न देशको प्रतिनिधित्व गर्ने सैनिक पर्यवेक्षकहरुको उपस्थिती रहेको थियाे।

समारोहहरुका प्रमुख अतिथीहरुले आ-आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदानको कदर गर्दै नेपाली शान्ति सैनिकहरुको व्यवसायिक क्षमताको खुलेर प्रशंसा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .