ad ad

ग्लोबल


पाकिस्तान एफएटीएफको ग्रे लिस्टमा कायमै

पाकिस्तान एफएटीएफको ग्रे लिस्टमा कायमै

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार ११:४४, काठमाडौँ

विश्वभरको आतंकवादलाई वित्तपोषणको विषयमा निगरानी राख्ने संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले पाकिस्तानलाई ग्रे लिस्ट (खैरो सूची)मा कायमै राख्ने निर्णय गरेको छ।

बीबीसीका अनुसार पाकिस्तानसँगै टर्कीलाई पनि यो सूचीमा राखिएको छ। यसअघि टर्कीले पनि एफएटीएफमा पाकिस्तानको समर्थन गर्दै आएको थियो।

एफएटीएफका अध्यक्ष मार्कस प्लेयरले यो निर्णयको घोषणा गरेका हुन्। उनले अबको छोटो समयमा नै पाकिस्तान यो सूचीबाट बाहिर आउने सम्भावना कम रहेको बताएका छन्। 

एफएटीएफले पाकिस्तानले ग्रे लिस्टाट बाहिर आउन आतंकवाद नियन्त्रणको लागि गम्भीरतापूर्वक कदम चाल्न आवश्यक रहेको बताएको छ।

पाकिस्तान र टर्कीका साथै माली, मोरोक्को र यमनजस्ता मुलुक पनि एफएटीएफको ग्रे लिस्टमा छन्। मोरिसस र बोत्स्वानालाई भने यो सूचीबाट हटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .