ad ad

ग्लोबल


कोरोना संक्रमणको कारण विश्वभर १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमणको कारण विश्वभर १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १२:६, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणको कारण विश्वभर ८० हजारदेखि १ लाख ८० हजारसम्म स्वास्थ्यकर्मीको मृत्यु भएको बताएको छ।

अहिले पनि निरन्तर यसको संक्रमण फैलिने क्रममा रहेकाले अत्यधिक थकान, चिन्ता, डिप्रेसनजस्ता समस्याको जोखिम कायमै रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ। बिहीबार डब्ल्यूएचओले स्वास्थ्यकर्मीको मृत्यु ठूलो क्षति भएको बताएको छ। 

डब्ल्यूएचओले अहिले सार्वजनिक गरेको तथ्यांकमा २०२० को जनवरीदेखि २०२१ को मेसम्मको डेटा समावेश छ। यो अवधिमा कोरोना संक्रमणको कारण समग्रमा ३४ लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको थियो।

यो क्रममा विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मीले काम गरेका थिए। कोरोना महामारीको समयमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुमा अत्यधिक थकान, डिप्रेसनजस्ता विभिन्न किसिमका समस्या देखिएको डब्ल्यूएचओले बताएको छ। 

विश्वभर कोरोना खोप अभियानमा स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइए पनि वितरणको असमानताको कारण औसतमा पाँचमध्ये दुई स्वास्थ्यकर्मीले मात्र कोरोना खोप पाएको डब्ल्यूएचओले बताएको छ। 

डब्ल्यूएचओको स्वास्थ्य जनशक्ति विभागका निर्देशक जिम क्याम्पबेलले सबै स्वास्थ्यकर्मीको सुरक्षा गर्नु नैतिक दायित्व रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .