क्यानडाले आफ्ना नागरिकलाई विदेश भ्रमणमा सहयोग पुग्ने उद्देश्यका साथ कोरोना खोप पासपोर्ट ल्याउने भएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार यस्तो घोषणा गरेका हुन्।
क्यानडाले गरेको घोषणाअनुसार कोरोना भाइरसविरुद्धको खोप लगाएका मानिसलाई डिजिटल डकुमेन्ट दिइन्छ। जसमा भएको क्युआर कोडबाट एयरपोर्ट, रेल स्टेसन र अन्य स्थानमा प्रवेशको अनुमति मिल्नेछ।
ट्रुडोले खोप नलगाएका मानिसहलाई सकेसम्म छिटो खोप लगाउन आग्रह गरेका छन्। उनले अब छिटै नै क्यानडा सामान्य अवस्थामा फर्किन सक्ने बताएका छन्।
अहिले जारी गर्न लागिएको डिजिटल डकुमेन्टमा मानिसको नाम, जन्ममिति र कोरोना खोप लगाएको इतिहास समावेश हुनेछ।
अहिलेसम्म क्यानडामा ७३ प्रतिशतभन्दा धेरै मानिसले कोरोना विरुद्धको पूरा डोज खोप लगाइसकेका छन्। हालै मात्र क्यानडाले पूरा डोज कोरोना खोप लगाएका मानिसहरुलाई आफ्नो मुलुकमा प्रवेशको अनुमति दिएको थियो।
Shares
प्रतिक्रिया