ग्लोबल


पाकिस्तानद्वारा अफगानिस्तानलाई सहयोग घोषणा

पाकिस्तानद्वारा अफगानिस्तानलाई सहयोग घोषणा

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १५:३२, काठमाडौँ

पाकिस्तानले अफगानिस्तानलाई तत्काल २ करोड ८० लाख डलर मानवीय सहायता प्रदान गर्ने भएको छ। साथै उसले अफगानिस्तानसँगको भ्रमण र व्यापारमा लगाएको प्रतिबन्ध पनि हटाउने भएको छ।

पाकिस्तानी विदेशमन्त्री शाह मोहमूद कुरेसीले एक दिने भ्रमणपछि बिहीबार यस्तो घोषणा गरेका हुन्। तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलोपटक पाकिस्तानी विदेशमन्त्रीले अफगानिस्तानको भ्रमण गरेका हुन्। 

इस्लामाबादमा अफगानिस्तान भ्रमणबारे जानकारी दिँदै कुरेसीले तालिबान सरकारका प्रतिनिधिसँगको भेटवार्ता सकारात्मक रहेको बताएका हुन्। उनले भ्रमणको क्रममा तालिबान सरकारका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दसँग पनि भेटवार्ता गरेका थिए। 

कुरेसीले अहिलेको कठिन समयमा पाकिस्तानी जनता अफगानिस्तानका जनताको साथमा रहेको बताएका छन्। उनले अफगानिस्तानलाई पाकिस्तानको साथ सदैव रहने बताएका छन्। 

पाकिस्तानले दुई महत्वपूर्ण सीमानाका वस्तु तथा पर्यटकको गतिविधिमा कडाइ गर्दै आएको छ। तर, कुरेसीको अफगानिस्तान भ्रमणपछि भने पाकिस्तानले आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ।

कुरेसीले पाकिस्तानको भिसा भएका अफगानिस्तानका मानिसहरु विना कुनै रोकतोक नहुने बताएका छन्। त्यस्तै भिसाको लागि अनलाइनबाट पनि आवेदन दिन सकिने उनको भनाइ छ। डिसेम्बर ३१ सम्मको लागि भिसा शुल्कमा पनि छूट दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .