आफूलाई कमजोर नआँक्न चीनले अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकी राष्ट्रपति जो बाइडेनको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै कसैले पनि आफ्नो राष्ट्रिय सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको रक्षाको लागि चिनियाँ नागरिकको दृढ संकल्प र क्षमतालाई कमजोर नआँक्न चेतावनी दिएका हुन्।
यो विषयमा चीनले कुनै पनि सम्झौता नगर्ने उनको भनाइ छ।
यसअघि बाइडेनले चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। बाइडेनको यो अभिव्यक्ति पछिल्लो समय अमेरिकाले लिएको नीतिको विपरीत हो।
अमेरिकामा एक कार्यक्रममा बोल्दै बाइडेनले चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। यद्यपि त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले अमेरिकाको नीतिमा कुनै पनि परिवर्तन नआएको बताएका थिए।
त्यस्तै ताइवानले पनि बाइडेनको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै यसले चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने बताएको छ।
Shares
प्रतिक्रिया