नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन्।
नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट बोको हरामले ती बालबालिकालाई अपहरण गरी लगेको सरकारी अधिकारीहरुले जनाएका छन्।
विद्यालयबाटे ती बालबालिकालाई अपहरण गरिएको हो। प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए।
नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेका अधिकारीहरुले जनाएका छन्। यद्यपि सो समूहले भने अपहरणको जिम्मेवारी लिएको छैन।
नाइजेरियामा यसअघि पनि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकाले पछिल्लो घटनामा पनि पनि सोही समूहको हात रहेको अनुमान सरकारी अधिकारीको छ।
नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले विद्यालयबाट नै जबर्जस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा भर्ना गर्ने गरेको छ। प्रहरी अधिकारीले अपहरणमा परेका बालबालिकाको खोजी कार्य सुरु गरिएको जनाएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया