ad ad

ग्लोबल


दक्षिण अफ्रिकाकी पूर्व प्रहरी, जसले बिमाको पैसाको लागि ६ जनाको हत्या गरिन्

दक्षिण अफ्रिकाकी पूर्व प्रहरी, जसले बिमाको पैसाको लागि ६ जनाको हत्या गरिन्

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार ११:३२, काठमाडौँ

दक्षिण अफ्रिकाकी एक पूर्व प्रहरीलाई अदालतले बिमाको रकमका लागि ६ जनाको हत्या गरेको आरोपमा दोषी ठहर गरेको छ। नोमिया रोसेमारी नदलोभुलाई अदालतले आफ्ना ब्वाइफ्रेन्ड र अन्य आफन्तको हत्यामा दोषी ठहर गरिएको हो।

बीबीसीका अनुसार सन् २०१२ देखि २०१८ को बीचमा उनले ६ जनाको हत्या गरेकी थिइन्। यी सबै हत्यामा उनको उद्देश्य बिमाको रकम पाउनु नै थियो।

अन्तिमपटक ​नदलोभुले आफ्नी बहिनीको हत्याका लागि पैसा दिएका मानिसले प्रहरीमा उजुरी दिएसँगै उनको कर्तुत खुलेको हो।

उनलाई आगामी महिना जेल सजाय तोकिने समाचारमा उल्लेख छ। उनी आफ्नी आमाको हत्याको प्रयास र करिब ९५ हजार डलर बिमामा ठगीको मुद्दामा पनि दोषी पाइएकी छिन्। 

अदालतमा तीन महिनासम्म चलेको यो मुद्दाको सुनुवाइको क्रममा नियोजितरुपमा नदलभुले आफ्ना आफन्तको जीवन बिमा गराई हकवाला आफूलाई बनाउने गरेको खुलेको थियो। बिमा गराएपछि नदलभुले उनीहरुको हत्या गर्ने गरेकी थिइन्।  

नदलभुले हत्या गरेका पहिलो व्यक्ति उनका काकाको छोरा थिए। उनको सन् २०१२ मा हत्या भएको थियो।

त्यसपछि उनले आफ्नी बहिनी, ब्वाइफ्रेन्ड, दाईको छोरी र दाइका दुई छोराको हत्या गरेकी थिइन्। अक्सर गरेर उनी हत्या गर्न पैसा दिएर मानिसलाई बोलाउँथिन्। यद्यपि सन् २०१३ मा आफ्नी बहिनीको हत्या भने उनी आफैंले विष दिएर गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .